दफा
प्रहरी कर्मचारी सम्बन्धी अधिकार र कर्तव्य
:
(१) प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी समेत ठीक अवस्थामा रहे नरहेको, प्रहरी
कर्मचारी र अधिकृत जवानहरूले कानून बमोजिम काम कारवाही गरे नगरेको भन्ने कुराको आवश्यक जाँचबुझ गरी सो सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ :
(क) जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकी समेतमा घटीमा कमसेकम वर्षको एक पटक अनिवार्य रूपमा निरीक्षण गर्नु पर्नेछ । त्यसको प्रतिवेदन क्षेत्रीय प्रशासक र गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(ख) प्रहरी अधिकृतहरूको नेकीवदी र कार्य सम्पादनको प्रतिवेदन प्रत्येक वर्ष पौष मसान्त र आषाढ मसान्तमा वर्षको दुई पटक क्षेत्रीय प्रशासक र गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(ग) जिल्लाको प्रहरी सम्बन्धी कुनै कामको बन्दोवस्त गर्नु पर्ने देखिन आएमा आफ्नो राय समेत प्रमुख जिल्ला अधिकारीले  मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।
(घ) प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालन गर्दा कानून विपरीत कार्य गरेको आधारमा कसैले उजुर गरेमा आवश्यक छानविन गरी आफ्नो सिफारिस एवं राय सहित आवश्यक कारवाईको लागि क्षेत्रीय प्रशासक र गृह मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्नु पर्नेछ ।